३ कार्तिक २०८३, मंगलबार

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १५ पुस  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । मोदीकी आमा आमा हीरावेन मोदीको १ सय वर्षको उमेरमा आज निधन भएको हो ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य जटिलता कारण आज उनको निधन भएको अस्पतालले जनाएको छ ।

यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १ सय औं जन्मदिन मनाएका थिए ।

 हीरावेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन् ।