३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिएका थिए । द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।