३१ आश्विन २०८३, शनिबार

मिलेमतोमा मापदण्ड विपरीत खोला उत्खनन् गर्न दिने पालिकाका कर्मचारीविरुद्व भ्रष्टाचार मुद्दा दायर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । ठेकेदारसँग मिलेर मापदण्ड विपरीत खोला उत्खनन् गर्न सघाउने नगरपालिकाका कर्मचारीविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्वा दायर गरेको छ ।

मावा खोलाको अवैध उत्खननमा सघाउने झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्व साढे ३ करोड ४४ लाख ११ हजार २ सय ८८ रुपैँया बराबरको भ्रष्टाचार मुद्वा दर्ता भएको हो ।

मावा खोला उत्खननका लागि ठेक्का पाएको किशन एण्ड दृष्टी बिल्डर्स प्रालिले ठेक्का पाएको भन्दा धेरै खोला उत्खनन् गर्दा पनि कर्मचारीहरुले मिलेमतोमा गुपचुप रुपमा उत्खनन् गर्न दिएका अख्तियारको आरोप छ ।

मावा खोला झापा र मोरङको सीमानामा पर्दछ ।