
काठमाडौं, १४ पुस । काठमाडौंको टीयू क्रिकेट मैदानमा जारी एनपीएल टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि अनलाइन वेटिङमार्फत सट्टाबाजी भएको छ ।
सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।
पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत विराटनगर सुपर किङ्स र पोखरा एभेन्जर्सबीच भएको खेलमा मोवाइल फोनको प्रयोग गरी हार–जितका लागि अनलाइन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया