
काठमाडौं, १४ पुस । सामाजिक सञ्जाल फेसबुक म्यासेञ्जरमार्फत महिलालाई अश्लिलता प्रदर्शन गर्न करकापमा पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ बस्ने २५ वर्षीय सुमन त्योछिन छन् । उनले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको प्रहरीले बताएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडितलगायत पीडितका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा उक्त अश्लिल तस्वीर पठाई पीडितलाई मानसिक तनाव, दु:ख र हैरानी दिने कार्यमा संलग्न उनलाई प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया