३१ आश्विन २०८३, शनिबार

सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउने नवनियुक्त महान्यायाधिवक्ता पोखरेलको प्रतिबद्धता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन आफू तत्पर रहेको बताएका छन् ।

आज बिहीबार रामशाहपथस्थित कार्यालयमा पदभार सम्हाल्दै महान्यायाधिवक्ता पोखरेलले संविधानको म्यान्डेडभित्र रहेको सरकारी वकिलसम्बन्धी छुट्टै कानून निर्माणका लागि आफू तत्पर रहेको बताएका हुन् ।

सरकारी वकिलसम्बन्धी छुट्टै सेवासुविधासम्बन्धी ऐन आए कार्यसम्पादन पनि प्रभावकारी हुने उनको भनाइ छ । पोखरेलले पेशालाई थप व्यवसायिक बनाउनका लागि महान्यायाधिवक्ता कार्यालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने धारणा उनले व्यक्त गरे ।

आफूले पुराना कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरुलाई पनि प्राथमिकताका साथ अघि सार्ने पोखरेलको भनाइ छ । यसअघिका महान्यायाधिवक्ताले गरेको राम्रा कामलाई अंगिकार गर्दै अघि बढ्ने प्रतिबद्धता उनको छ ।

त्यसअघि बिहीबार नै नवनियुक्त महान्यायाधिवक्ता पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयता शपथ गराएका थिए ।