
काठमाडौं, १३ पुस । पर्सामा विद्यार्थीको अपहरण गरी हत्या गरेको आरोपमा विद्यालयका सहायक प्रिन्सिपलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय निरजकुमार पासवानको हत्या आरोपमा वीरगन्ज–१७ अलौ बस्ने २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबिनी गाउँपालिका–१ घोडदौडपिप्रा बस्ने ३० वर्षीय दिलिपकुमार पटेल पक्राउ परेका हुन् ।
यादव गुरूकुल पन्ना मेमोरिइल ई बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल हुन् । निरज सोहि विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दथे । उनी मंसिर ५ गतेदेखि हराइरहेकामा आइतबार साँझ उनी पढ्ने स्कुलकै सेप्टिक ट्यांकीभित्र शव फेला परेको हो।
बालकलाई अपहरण गरि पक्राउ परेकाहरुले ५० लाख फिरौती मागेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया