२ कार्तिक २०८३, सोमबार

स्वास्नी छाडेर सालीसँग पल्किदाँ…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lover_couple_murder_Biharकाठमाडौं, १ जेठ । भारतको बिहार राज्यमा प्रेम गरेकै कारण एक जोडीले ज्यान गुमाउनुपरेको छ । प्रेमी जोडीलार्इ युवतकीका परिवारजनले नियण्त्रणमा लिएर हत्यापछि जलाइदिएका हुन् ।

बिहारको गयास्थित पुलिसका प्रमुख मनु महाराजले प्राराम्भिक अनुसन्धानबाट प्रेमी जोडीको हत्या गरिएको पाइएको जानकारी दिए । यो घटना बुधवार दिउँसो गया ज़िल्लाको बजिरंग प्रहरी कार्यालय अन्तर्गतको मैठा गाउँमा भएको हो ।

उनका अनुसार एक बिबाहित व्यक्ति जयराम माझी र एक युवतीबीच प्रेम बसेको थियो । युवतीका परिवारजनले पहिले दुबैजनालार्इ कुटीकुटी हत्या गरेपछि दुबैजनालार्इ एकै ठाउँ राखेर जलाइदिएका हुन ।

घटनापछि प्रहरीले ६ जना विरुद्ध उजुरी दर्ता गरेर कारबाही अघि बढाएको छ । घटनामा संलग्न कसैलार्इ पनि प्रहरीले गिरफ्तार गर्न सकेको छैन। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार यो मामिलामा गाउँमा पञ्चायतको बैठक पनि बसेको थियो ।

पञ्चायको बैठकमा दुबै प्रेमी जोडीले घटनाबारे आफूलार्इ जोगाउने प्रयास गरेका थिए । तर महिलाका परिवारजनले नमानेपछि गाउँले नै मिलेर दुबै जनालार्इ कुटीकुटी हत्या गरेका हुन् ।

पुलिसका प्रमुख मनु महाराजले पुलिसले शवको अवशेष बरामद गरेर डिएनए परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिए । मारिएका युवा जयराम माझी सोही गाउँकै जुवाइँ थिए । उनको आफ्नै सालाका छोरीसँग प्रेम भएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।