५ कार्तिक २०८३, बिहिबार

बिहीबार साँझसम्म भूकम्पका नौ पराकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । काभ्रेपलाञ्चोक, दोलखा र रसुवालाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझसम्म चार रिक्टर स्केलभन्दामाथिका नौ वटा भूकम्पका पराकम्प महसुस भए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पल्ट साँझ ८ बजेर ५० मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.० रिक्टर स्केलको पराकम्प गएको छ, त्यसअघि आजै साँझ ८ बजेर २१ मिनेट जाँदा रसुवा केन्द्रबिन्दु भएर ४.५ रिक्टर स्केलको पराकम्प गएको थियो । आज सबैभन्दा ठूलो बिहान ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु बनाई ५.० रिक्टर स्केलको पराकम्प गएको थियो । दोलखालाईमात्र केन्द्रबिन्दु बनाएर सातवटा पराकम्प भएका छन् ।

यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर स्केलभन्दामाथिका २२२ वटा भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।