१ कार्तिक २०८३, शनिबार

नेपाल टी-ट्वान्टी लिग: लुम्बिनीको लगातार तेस्रो जित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । पोखरा एभेन्जर्सले पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लगातार तेस्रो हार व्यहोरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेलमा पोखरा एभेन्जर्स लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोरेको हो ।

लुम्बिनीको यो लगातार तेस्रो जित हो भने पोखराको तेस्रो हार । पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा श्याड्ली भान स्कलक्लिकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए ।

पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २र२ तथा प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले । १० ओभरमा २७ रन मात्र बनाएको पोखरा मल्लको बिष्फोटक ईनिङको सहयोगमा सम्मानजनक योगफल सम्म पुग्यो।

उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि श्याड्ली भान स्कलक्लिकले ३ तथा किशोर महतो र गुलसन झाले समान २र२ विकेट लिए ।

लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।