१ कार्तिक २०८३, आइतबार

बलिउड अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् ।

उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्वीर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका हुन् ।

ओबरायले प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको बधाई दिएका हुन् ।

केहि दिन अघि नेपाल भ्रमणमा रहँदा ओबरायको परिवारले प्रचण्डसँग भेट गरेको थियो ।

ओबरायले प्रचण्डसँग भएको भेटलाई स्मरण गर्दै आफू सम्मानित महसुस गरेको समेत उल्लेख गरेका छन् ।