२ कार्तिक २०८३, सोमबार

‘राहत वितरणमा अनियमितता र पक्षपात गरे जेल हाल्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaकाठमाडौं, १ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत वितरणमा अनियमितता र पक्षपात पर्नेलाई जेल हाल्ने बताएका छन् ।

राष्ट्रिय सहकारी संघ लिमिटेडको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइएको सहयोग ग्रहण गर्दे उनले जेल हाल्ने बताएका हुन् ।

नेपालीमा एक अर्कालाई विपद पर्दा गाँस काटेर सहयोग गर्ने संस्कार रहेको उल्लेख गर्दे उनले भूकम्पले निम्त्याएको विपदको सामना गर्न सबै एक हुनुपर्ने बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।