
काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।
सात दलीय गठबन्धनले रविलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । माओवादीले यसअघि नै नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
यस्तै, एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बन्ने छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीनैजना उपप्रधानमन्त्रीले पनि सपथ लिने कार्यक्रम तय भएको छ ।















प्रतिक्रिया