१ कार्तिक २०८३, शनिबार

कस्तो छ अहिले सचिन परियारलाई ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । गम्भीर बिरामी परेपछि अस्पताल भर्ना भएका बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ ।

सचिनलाई अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको छ । स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि केही दिनअघि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो ।

भाइरल बाल कलाकारको रुपमा समेत परिचित सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका उनले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् ।

पछिल्लो दुई वर्ष सचिन गुमनाम थिए ।