
काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले अपमानित गरेका बताएका छन् ।
पोखरामा आयोजित लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा थापाले देउवाबाट अपमानित भएर आफू पोखरा आएको बताएका हुन् ।
सहजकर्ता बसन्त बस्नेतले पछिल्लो समय एकाएक फेरिएको राजनीतिक परिस्थितीलाई जोड्दै प्रश्न गरेपछि थापाले देउवाबाट अपमानित भएको बताएका हुन् ।
सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेपछि कतिबेला बोलाउनुहुन्छ भनेर फोन कुरेर बसेको उनले बताए । संसदीय समितिमा दलको नेता बाहेक महामन्त्रीद्वय पदेन सदस्य रहेको भन्दै उनले भने, ‘बिहान ६ बजेबाट सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसेको हुँ ।’ पार्टी कार्यालयमा छलफल नभएको, घरमा नबोलाई जान नमिलेको भन्दै उनले भने, ‘अपमानित भएर आएको हुँ ।’















प्रतिक्रिया