३ कार्तिक २०८३, मंगलबार

सन् २०३५ सम्ममा कोइलाको माग उच्च हुने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ११ पुस । सन् २०३० देखि २०३५ को बीचमा उच्च बिन्दुमा पुग्ने सम्बद्ध अधिकारीले बताएका छन् ।

केन्द्रीय कोइला, खानी तथा संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले भारतमा कोइलाको माग जारी रहने सन् २०३५ सम्ममा यो उच्च विन्दुमा पुग्ने उनले बताएका हुन् ।

कोइला भारतको ऊर्जाको प्रमुख स्रोत हो । सन् २०२२–२३ (अप्रिल–अक्टोबर) मा कोइलामा आधारित विद्युत गृहहरूमा कोइलाको खपत बढेर ४४ करोड ७६ लाख टन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खपत ३९ करोड ८२ लाख टन थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष कोइलाको खपत १२ प्रतिशतले बढेको देखिएको छ ।

मन्त्री जोशीले भने, “पर्याप्त भण्डारको साथ ऊर्जाको किफायती स्रोत भएकोले भारतमा कोइला निकट भविष्यमा ऊर्जाको प्रमुख स्रोतको रूपमा रहनेछ । स्थिरता र ऊर्जा सुरक्षाका लागि देशलाई कोइलामा आधारित उत्पादनको आधार भार क्षमता आवश्यक पर्छ ।”

ऊर्जा मन्त्रालयले सन् २०३० सम्ममा नयाँ तथा नवीकरणीय गैरजीवाश्म इन्धनमा आधारित ऊर्जा स्रोतबाट करिब ५० प्रतिशत संचयी विद्युतीय ऊर्जा स्थापित क्षमता हासिल गर्ने योजना बनाएको छ ।

हालसम्म, गैर–जीवाश्म ईन्धन स्रोतहरूबाट कूल १७२.७२ गिगावाट क्षमता स्थापित गरिएको छ । जसमध्ये ६१.६३ गिगावाट सोलार, ४१.८४ गिगावाट वायु र साना करिब १५ गिगावाट गरी कूल ११९.०९ गिगावाट नवीकरणीय उर्जा स्थापित गरिएको छ । एएफपी