५ कार्तिक २०८३, बिहिबार

काँग्रेस उपसभापति पौडेलकै अगाडि सभासद्को दादागिरी, सिडियोमाथि दुर्व्यवहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ३१ बैशाख । काँग्रेस उपसभापति रामचन्द्र पौडेलकै अगाडि एक सभासद्ले काभ्रेका सिडिओलाई अपमानित ढंगले दुर्व्यवहार गरेका छन् ।

कांग्रेस उपसभपति रामचन्द्र पौडेलसँग बिहीवार काभ्रे पुगेका सभासद् रेशम लामाले प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकाललाई दुर्व्यवहार गरेका हुन् ।

प्रजिअ ढकाल उपसभापति पौडेललाई भूकम्प पछि जिल्लाको वस्तुस्थिति र अवस्थाबारे जानकारी गराउँदै थिए । त्यति नै बेला आक्रोशित मुद्रामा प्रस्तुत भएका सभासद् लामाले सिडिओलाई दुर्व्यवहार गर्दै माइन्यूट खोसेर च्यातिदिएका हुन् । उनले राहत वितरणमा आफूसँग समन्वय नगरेको भन्दै जिल्ला दैवी प्रकोप उद्धार समितिको माइन्युट च्यातेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफ्नै अगाडि काँग्रेस सभासद् लामाले सिडिओलाई अपमानित गरिरहँदा उपसभापति पौडेल भने केही बोलेनन् ।
गत बैशाख १२ गतेका भूकम्पबाट काभ्रेमा भएको क्षतिबारे बुझ्न पौडेल बिहीबार काभ्रे पुगेका थिए ।

प्रजिअ ढकालले भने सबै राजनीतिक दलहरुसँग परामर्श गरी काम गरेको उपसभापति पौडेललाई जानकारी गराएका थिए ।