१ कार्तिक २०८३, आइतबार

ठूलो दल कांग्रेसले सरकार गठन गर्न नसकेपछि हामीले नेतृत्व लियौँ : महासचिव पोखरेल

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले नेतृत्व लिएको बताएका छन् ।

आज आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालबोटमा बसेको दलहरूको बैठकको निर्णय सुनाउँदै उनले कांग्रेसले सरकार गठनको प्रभावकारी पहलकदमी लिन नसकेपछि स्वाभाविक रूपमा दोस्रो ठूलो एमालेले नेतृत्व लिएको बताएका हुन् ।

उनका अनुसार नेकपा एमालेलगायत माओवादी केन्द्र, राष्ट्रय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत १६६ जना सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ ।

कांग्रेसले नसकेपछि देशलाई निकास दिने नैतिक दायित्व आइलागेकाले एमालेले नेतृत्व लिएको पोखरेलको भनाइ छ ।

सरकार गठनपछि अरू विषयमा छलफल गर्ने उनले बताए ।