१ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको सहमति

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरूको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज आइतबार बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको हो ।

नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।

स्रोतका अनुसार दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । यस अनुसार साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने छ ।