धादिङ, ३१ बैशाख । नेकपा एमाले सम्बद्ध नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु)ले धादिङमा दुई कोठे विद्यालयको भवन निर्माण गरेको छ ।
अनेरास्ववियुले विद्यार्थीलाई छिट्टै विद्यालय पठाउने अभियान अन्तरगत थाक्रे गाविसमा अवस्थि वाराही प्राविको उक्त भवनको पुनःनिर्माण गरेको हो । केन्द्रिय कार्यक्रम अनुरुप शैक्षिक संस्था पुनः निर्माणको लागि केन्द्रिय तथा जिल्ला कमिटीका सदस्य र इन्जिनियर सहित १५ जनाको टोलिले उक्त भवन निर्माण गरेको अनेरास्ववियुका केन्द्रिय सचिव राधिका खतिवडाले जानकारी दिनुभयो ।
पूराना रहेको जस्ता, ढुङगालाई सदुपयोग गरी निर्माण गरिएको उक्त भवन विहीबार एमाले नेता राजेन्द्र प्रसाद पाण्डेको सहभागितामा विद्यालयका प्रधानाध्यपक यादव गजुरेललाई हस्तान्तरण गरिएको थियो । विद्यालय हस्तान्तरणपछि खुसी व्यक्त गर्दै विद्यालयका प्रअ गजुरेलले चाँडै विद्यालय सञ्चालन गर्ने बताए ।
यतिमात्र होइन अनेरास्ववियुले अरु विद्यालयको भवन पुनः निर्माणमा पनि शक्रियता देखाएको छ । उक्त टोलि एक महिनासम्म धादिङमै रहने सचिव खतिवडाले जानकारी दिइन् । उनको अनुसार एक महिने अभियान अन्तर्गत जिल्लाका भुकम्पबाट प्रभावित भएका विद्यालयहरुको पुनः निमार्ण र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिनेछ ।
















प्रतिक्रिया