१ कार्तिक २०८३, आइतबार

बालकोटको बैठकबाट बाहिरिए अशोक राई

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको चार दलको बैठकबाट जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई बाहिरिएका छन् ।

आफ्नो पार्टीभित्र संसदीय दलको नेता चुनिनसकेको अवस्थामा सरकार गठनसम्बन्धी बैठकमा बसिरहनु उचित नहुने भन्दै उनी बैठकबाट बाहिरिएका हुन् । जसपाभित्र छलफल गर्न भन्दै राई बालकोटबाट निस्किएका हुन् । जसपाको बैठक आजै बस्दैछ ।

बैठकबाट निस्किएका उनले अब मुलुकमा नेकपा एमाले र कांग्रेस वा एमाले, माओवादी र अन्य दलहरूसहितको सरकार बन्ने विकल्प देखिएको प्रतिक्रिया दिएका छन् ।

बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।