
काठमाडौं, १० पुस । नेकपा एकीकृत समाजवादी पार्टीका पदाधिकारी बैठक अहिले बसिरहेको छ ।
बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति नभएपछि बालुवाटरबाट बाहिरिएका माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका हुन् ।
पदाधिकारि बैठकमा अध्यक्ष नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।
देउवासँग सहमति नभएपछि बालुवाटारबाट निस्किएका माओवादी अध्यक्ष प्रचण्ड भने बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा छन् ।















प्रतिक्रिया