५ कार्तिक २०८३, बिहिबार

भूकम्पको त्रासले झापामा एक जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुमन घिमिरे
झापा , ३१ वैशाख । भूकम्पको क्रासका कारण काठमाडौंबाट झापा फर्किएका एक युवकको आज लडेर मुत्यु भएको छ । मृत्यु हुनेमा आन्तिरक राजश्व कार्यालय मेचीका कम्प्युटर अधिकृत यदुनन्दन थापाका १७ बर्षीय छोरा अनिश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौंमा बसेर कक्षा १२ मा पढ्दै गरेका अनिश बैशाख १२ गते गएको भूकम्पको त्रासका कारण झापा घर फर्किएका थिए । प्रहरीका अनुसार विहान घरमा घुम्ने कुर्सीमा बसेर टिभी हेरिरहेका उनी कुर्सी गुड्किएर लडेका थिए । कुर्सीबाट लडेर गम्भीर घाइते भएका उनको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

यस्तै, जंगलमा दाउरा खोज्न गएका झापाको दुवागढीका एक बालकको रुखको हाँगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुवागढी – १ का १० वर्षीय वालक मन्जली डाँगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी घर नजिकै रहेको जंगलमा आज विहान दाउरा खोज्न गएको र सखुवाको रुखको हाँगा खसेर घाइते भएका थिए । टाउको र खुट्टामा गम्भीर चोट लागेका घाइते वालकलाई उपचारार्थ तत्काल ओमसाई पाथीभरा हस्पिटल भद्रपुर पुर्‍याइएको थियो । अत्याधिक रक्तश्रावका कारण उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।