१ कार्तिक २०८३, शनिबार

प्रचण्डले देउवालाई भने- गठबन्धनको औचित्य सकियो

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन टुटेको बताएका छन् ।

आइतबार दिउँसो बालुवाटारमा भएको बैठकमा सहमति नभएपछि प्रचण्डले गठबन्धन टुटेको बताएका हुन् ।

नयाँ सरकारको नेतृत्वका विषयमा कुरा नमिलेपछि गठबन्धन टुटेको बताउँदै प्रचण्ड बालुवाटारबाट बाहिरएका नेताहरुले बताएका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बालुवाटारबाट बाहिरिएका हुन् ।

सरकार निर्माणका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ । गठबन्धनभित्र सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको भएपनि कांग्रेस र माओवादी कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।