
काठमाडौं, १० पुस । नयाँ सरकारको नेतृत्वका विषयमा सत्तारुढ दलहरुबीच विवाद भइरहेका बेलामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लचकता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
शर्माले गठबन्धन टुट्न दिन नहुनेमा जोड दिँदै लचकता अपनाउनुपर्नेमा जोड दिएका हुन् । शर्माले प्रधानमन्त्रीका लागि २/ २/ १ को नीति नै परिपक्व भएको बताएका छन् ।
‘एक्लो बहुमतझ हामी कसैसँग छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ। त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौं ! २/२/१ मा परिपक्वता छ । तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ, शर्माले लेखेका छन् ।’
यस्तै, शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाईसमेत समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् । ७ वटा बुँदा लेख्दै शर्माले सुझावसमेत प्रस्तुत गरेका छन् ।
उनले निम्न ६ बुँदा उल्लेख गरेका छन्।
१. गठबन्धन टुट्नु हुन्न
२. रास्वपा गाँसेर जानु तर्कपूर्ण
३. संसद ५ वर्ष टिकाउन साझा अपनत्व
४. लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र
५. रुपान्तरण अनुभूति हुने सुशासनको सूत्रबद्ध योजना
६. सत्तामा अनुभवी र नयाँको संयोजन
७. राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्पिरिट















प्रतिक्रिया