१ कार्तिक २०८३, शनिबार

देउवा र प्रचण्डको ‘वान टू वान’ वार्तापछि बालुवाटारमा गठबन्धनको बैठक सुरु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज सम्मको समय दिएपछि गठबन्धनले अहिलेसम्म प्रधानमन्त्री टुंगो लगाउन सकेको छैन ।

गठबन्धनको बैठक बस्नुअघि बालुवाटारमै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता भएको थियो ।

‘वान टू वान’ वार्तापछि अहिले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका गठबन्धनका नेताहरुसहितको गठबन्धन बैठक बसिरहेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबी पहिलो कार्यकालका लागि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

प्रचण्डले पहिलो २ वर्ष प्रधानमन्त्री आफूलाई दिन र अर्को दुई वर्ष देउवा र १ वर्ष माधव नेपाललाई दिन प्रस्ताव गरिरहेका छन् । तर, पार्टीभित्रको दबाव भन्दै देउवाले प्रधानमन्त्री नछाड्ने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।