१ कार्तिक २०८३, आइतबार

सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

उरूम्की (चीन), ९ पुस । चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ ।

खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ काउन्टीमा दिउँसो १:४० बजे दुर्घटना हुँदा ४० श्रमिकले खानीभित्र काम गरिरहेका भएपनि २२ जनालाई सकुशल बाहिर निकालिएको छ ।

खानीमा काम गर्ने अन्य व्यक्तिलाई उद्धारका लागि आवश्यक पहल थालिसकिएको स्थानीय अधिकारीले जनाएका छन् ।

प्रशासनले खानी दुर्घटनामा सावधानी नअपनाइएको भन्ने फसेका कामदारको आरोपबारे आवश्यक अनुसन्धान भइरहेको बताएको छ । सिन्ह्वा