५ कार्तिक २०८३, बिहिबार

नयाँ खुलासाः भूकम्पले काठमाडौंको उचाई ८० सेन्टीमिटर बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter-nepalकाठमाडौं, ३१ वैशाख । गत वैशाख १२ गतेको गएको विनाशकारी महाभूकम्पबाट राजधानी काठमाडौं उपत्यकाको उचाई ८० सेन्टीमिटर सम्म बढेको खुलासा भएको छ ।

नापी विभागका निर्देशक मधुसूदन अधिकारीका अनुसार ७.९ रेक्टर स्केलको तिव्र भूकम्पको चारदिनपछि पृथ्वीको नियमित अवस्थाका बारेमा २४ घण्टा सर्वेक्षण गर्दा भूकम्पपछि काठमाडौंको उचाई ८० सेन्टीमिटर बढेको पाइएको हो ।

नापी विभागले पत्ता लगाएको उचाई अनुसार भूकम्पभन्दा पहिला काठमाडौैंको जमिन समुद्र तहबाट १३३८ मिटरको उचाईमा थियो । भूकम्पपछि अब यो उचाई बढेर १३३८.८० मिटर पुगेको छ । नापी विभागले सगरमाथाको उचाई भने यथावत रहेको जनाएको छ ।