१ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभा सदस्य थापा र प्रदेश सभा सदस्य शर्मालाई ओलीले गरे सम्मान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्युठानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पार्टीका पोलिटव्यूरो सदस्य सूर्य थापा र लुम्बिनी प्रदेश सभामा निर्वाचित तुल्सीराम शर्मालाई बधाई तथा सम्मानपत्र प्रदान गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आज प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले थापा र शर्मालाई सम्मान गरेका हुन् ।

सम्मापछि अध्यक्ष ओलीले नवनिर्वाचित सांसदहरूले देश र जनताको पक्षमा, भ्रष्टाचारका विरुद्धमा, विकास र सुशासनको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।