
काठमाडौं, ९ पुस । नयाँ सरकार गठनको समीकरण र शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धन दलहरूको बैठक आज अपराह्न बस्ने भएको छ ।
आज शनिबार ४ बजेपछि बैठक बस्ने तयारी भइरहेको बताइएको छ । त्यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने बताइएको छ ।
देउवा र दाहालबीच छलफल हुन नसके बैठक स्थगित हुने सम्भावना समेत रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।















प्रतिक्रिया