
काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका महिला सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।
आज शनिबार बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्दै उनीहरुले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन् ।
निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेका कारण पनि अबको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने कांग्रेस सांसद रमा कोईराला पौड्यालले जानकारी दिए । उनले निर्वाचनमा जाँदा गठबन्धनसँगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा पनि आफूहरुको जोड दिएको बताएका छन् ।
छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारीपूर्वक छलफल भइरहेको जानकारी गराए । भोलि आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएको सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन् ।















प्रतिक्रिया