१ कार्तिक २०८३, आइतबार

स्वास्थ्यमा ज्येष्ठ नागरिकको पहुँच सुनिश्चित गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले स्वास्थ्यमा ज्येष्ठ नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताएका छन् ।

आज शनिबार ललितपुरको बाँडेगाउँमा पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मरणमा आयोजित किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक रहेको भन्दै स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले प्रदेशका कम्तीमा एक अस्पतालमा ज्येष्ठ नागरिकको विशेषज्ञ उपचार सेवा प्रदान गरिने जानकारी दिए । किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुसी लागेको भन्दै उनले अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

जेष्ठ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समतामुलक पहुँच सुनिश्चित गर्ने उद्देश्यले जेरियाट्रिक सोसाइटी अफ नेपाल, पुन्यार्जन फाउण्डेशन र सन्त नेता कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानको साझेदारी तथा नेपाल सरकारको समन्वयनमा किशुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान शुभारम्भ गरिएको हो ।