१ कार्तिक २०८३, आइतबार

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरेनन् कांग्रेसको खाली कागजमा हस्ताक्षर

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसले सरकार गठनका लागि बहुमत पुगेको देखाउन सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

तर, पार्टीका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेका छैनन् । उनीहरूले विषयवस्तुबारे स्पष्ट नपारिएको भन्दै पार्टीले नै चलाएको अभियानमा सामेल नभएको बताएका छन् ।

सरकार गठनमा बुहमत पुगेको देखाउने उद्देश्यअनुसार हस्ताक्षर अभियान चलाइएको बताइएको छ । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि आइतबार साँझ ५ बजेसम्मको समयसीमा तोकेकी छिन् ।

समयभित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई दाबी पेस गराउन कांग्रेसले खाली कागजमा हस्ताक्षर गराएको हो । विषय स्पष्ट नभएकाले महान्त्रीद्वय थापा र शर्माले भने हस्ताक्षर गर्न नमानेको बताइएको छ ।

कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् ।