१ कार्तिक २०८३, आइतबार

तोशिमा कार्कीको स्वघोषणा : राज्यबाट प्राप्त हुने सबै तलबभत्ता सामाजिक काममा उपयोग गर्छु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रतिनिधि सभा सदस्य डा. तोशिमा कार्कीले सांसद भएवापत राज्यबाट आफूले प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक काममा खर्च गर्ने घोषणा गरेकी छिन् ।

ललितपुर निर्वाचन क्षेत्र नं. ३ की सांसद कार्कीले आफूलाई प्राप्त हुने तलबभत्ताको रकमबाट सुरूमा नि:शुल्क महिनावारी सामग्री वितरण अभियान सञ्चालन गर्ने बताएकी हुन् ।

उनले आफनो निर्वाचन क्षेत्रमा भएका सामुदायिक र सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ति नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने र नपुगेको अवस्थामा आफ्नो कोष खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

‘राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामका लागि उपयोग गर्नेछु,’ आफ्नो स्वघोषणाबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘सुरूवात : ‘नि:शुल्क महिनावारी सामग्री अभियान’ ललितपुर ३ मा भएका सामुदायिक र सरकारी विद्यालयहरूमा महिला छात्राहरुका निम्ति नि:शुल्क सेनेटरी प्याड वितरणका लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु ।’