१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीमा मिलेन कुरा, देउवा–दाहाल छलफल निष्कर्षबिहीन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । आगामी सरकार गठनका लागि सहमति जुटाउन बसेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता तथा छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

दुबै जनाले प्रधानमन्त्री पदको दाबी नछोडेपछि वार्ता निष्कर्षबिहीन भएको बताइएको छ । दुवै नेताले पहिलो चरणमा प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

दुई नेताबीच करिब साढे दुई घण्टा छलफलमा ठोस समझदारी नबनेपछि शनिबार पुन: छलफल गर्ने गरी बैठक टुङ्गिएको बताइएको छ ।