१ कार्तिक २०८३, आइतबार

हलिउडको लुक्समा ‘गोर्खा वारियर’को टिजर, टिजरमा मलाया इमरजेन्सी जङ्गल वार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । चलचित्र ‘गोर्खा वारियर’को टिजर रिलिज गरिएको छ ।

हिजो बिहीबार रिलिज गरिएको टिजर हेर्ने सबैले हलिउडको युद्धसम्बन्धी चलचित्रको टिजर हेरेको जस्तो लागेको प्रतिक्रिया दिएका छन् । सिनेमाको टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

यो चलचित्रलाई भर्सटाइल निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्देशक चाम्सले पहिलो पटक बीर गोर्खालीको युद्ध कथालाई जादुई रूपमा गोर्खा वारियरमार्फत कुशलतापूर्वक ससक्त रूपमा उतारेको सञ्चारकर्मीहरूले बताए ।

‘युद्धसम्बन्धी सिनेमाको यो टिजर हलिउडको कुनै वार मूभिको भन्दा कम छैन । यो टिजर हेर्दा साँच्चै अन्तर्राष्ट्रियस्तरको चलचित्र तपाइँले बनाउनु भएको छ,’ चलचित्रको टिजर हेरेपछि सञ्चारकर्मीहरूले निर्देशक मिलन चाम्सलाई भने ।

शसस्त्र प्रहरी बल नेपालका पूर्व आईजीपी शैलेन्द्र खनाल ‘सरद’ले आफू पनि सेवामा रहँदा युद्धलाई निकै नजिकबाट देख्न र भोग्न पाएको तर यत्ति राम्रो युद्धको दृष्य नेपाली फिल्ममा पहिलो पटक देखेको बताए । साँच्चै अन्तर्राष्ट्रियस्तरको यो चलचित्रको टिजर बनेको पनि उनले बताए ।

निर्देशक मिलन चाम्सले विश्वमा परिचित गोर्खा सैनिकले पहिलो बिश्वयुद्ध देखि अहिलेसम्म धेरै वटा युद्ध लडेको स्मरण गराए । उनीहरूसँग कैयौं युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्य एउटा बास्तविक कथालाई यसपटक पर्दामा उतारेको चाम्सले कार्यक्रममा बताए । पहिलो पटक आफूले यो चलचित्रलाई नेपाली, हिन्दी र अङ्ग्रेजीसहित तीन वटा भाषामा अन्तर्राष्ट्रिय रूपमा तयार गरेको बताए ।

निर्देशक चाम्सका अनुसार सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । टिजरमा पनि सोही युद्धको झलक प्रस्तुत गरिएको उनले प्रकाश पारे । यसअघि चलचित्रको फस्ट लुक्सले चर्चा कमाएको थियो । अहिले टिजरलाई दर्शकले त्यत्तिकै मन पराएकोमा निर्देशक चाम्सले खुशी व्यक्त गरेका छन् ।

यस अघि नौ वटा सफल चलचित्र निर्देशन गरिसकेका भर्सटाइल निर्देशक मिलन चाम्सले यसपटक बृटिस गोर्खा सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरूको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा ल्याउन लागेको बताए । आगामी जुनमा यो चलचित्रलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उनले जानकारी गराए ।

यो चलचित्रका सह निर्माता सुरेश राईले बीर गोर्खाली सैनिकका कथा मार्फत नेपाललाई सिनेमाको माध्यमबाट सँसारभर चिताउन आफू यो चलचित्रको निर्माणमा जोडिएको बताए ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको मुख्य भूमिको छ ।
यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सहनिर्मातामा रूपमा सुरेश राई छन् ।