१ कार्तिक २०८३, आइतबार

सरकारी वकिलहरूलाई प्रधानमन्त्रीले भने– दबाब र प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्नू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र व्यावसायिक रूपमा काम गर्न सरकारी वकीलहरूलाई निर्देशन दिएका छन् ।

महान्यायाधिवक्ता कार्यालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको सरकारी वकिलहरूको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संविधान र कानूनबमोजिम गर्नुपर्ने कामहरू कुनै दबाब र प्रभावमा नपरी निष्पक्ष र स्वतन्त्र एवम् व्यावसायिक रूपमा गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले सरकारी वकिलहरूले सरकारको कामको प्रतिरक्षा गर्ने भएकाले आफूलाई थप जिम्मेवार रूपमा तयार गर्नुपर्नेमा जोड दिए ।

उनले अपराध संहितालगायत नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयनका साथै नागरिकको अधिकारको संरक्षण गरी कानूनी सुनिश्चितता फौजदारी न्यायमा प्रभावकारिता अभिवृद्धि गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।