
काठमाडौं, ८ पुस । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै फ्रान्स उड्ने भएका छन् ।
स्वदेश फिर्ता गराउनका लागि उनलाई अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्याइएको छ ।
आजै साँझ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै उनलाई फ्रान्स पठाउने अध्यागमन विभागको तयारी छ ।
केहीदिन नेपाल बस्न चाहिरहेका शोभराजलाई सुरक्षाको कारण देखाउँदै आजै डिपोर्ट गर्न लागिको हो ।















प्रतिक्रिया