४ कार्तिक २०८३, बुधबार

अनुदान वितरणका लागी व्यवसायिक फर्मको अनुगमन

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ८ पुस । व्यवसायिक कृषकलाई लागी राहत दिनका लागी म्याग्दे गाँउपालिकाले व्यवसायिक फर्मको अनुगमन गरेको छ ।  म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्र रहेर दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरीक्षण गरेको हो ।

अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितीका संयोजक घिमिरे, सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेको थिए । अनुगमनका क्रममा म्याग्दे-४ मा रहेको नवदुर्गा कृषि तथा पशु फर्म, आशिक भैसी फर्म थर्पु, कायस्थ कृषि तथा पशु फर्म मनहरी, राना वंगुर फर्म लम्तरी, मिलीजुली एकीकृत कृषि तथा पशुपंक्षी फर्म मनहरी, हिमचुली कृषि तथा पशुपंक्षी फर्म मनहरि, थर्पु पशुपंक्षी फर्म लगायतको व्यवसायिक फर्ममा निरीक्षण गरेको हो । सो अवसरमा कृषकले पालिका सँग व्यवासायिक कृषकलाई पालिकाले राहत दिनुपर्ने, बजारको व्यवस्थापन गर्नुपर्ने, औजार उपलप्ध गराउनुपर्ने धारणा राखेका थिए ।

नवदुर्गा कृषि फर्मका संचालक युवराज शाहीले व्यवसायमा बैंकबाट ऋण लिएर ठूलो लगानी गरेको तर बजारको व्यवस्थापन नभएको हुदाँ उत्पादित दुधले बजार नपाएको गुनासो गरे । वास्तविक किसान मर्कामा परेको तर अनुदान तथा राहत अरुले नै पाएको हुदाँ दुखेसो लागेको समेत उनले बताए ।

म्याग्दे गाँउपालिकाले अनुदानका लागी व्यवसायिक कृषकलाई अनुदानका लागि निवदेन दिन आग्रह गरेसँगै कृषकले अनुदान माग गर्दे दिएको निवेदनको अनुगमन गरेको हो । पालिकाले व्यवसायिक कृषकका लागी यस आर्थिक वर्षमा बोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागी, गोठ खोर निर्माणका लागी ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित बजेट बाट कृषकलाई अनुदान वितरण गर्न लागीएको अनुगमन समितीका संयोजक बालकृष्ण घिमिरेल बताए ।

पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागी अनुगमन तथा निरिक्षणमा आएको बताए । अनुदानका लागी धेरै जनाको आवेदन परेको हुदाँ वास्तविक कृषकको पहिचानका लागी फर्म निरिक्षणमा आएको र त्यसको आधारमा अनुदान दिइने बताए । अनुगमनको संयोजक घिमिरेले जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागी फर्म अनुगमनमा आएको बताए । उत्पादित वस्तुको बजारीकरणका सम्बन्धनमा पनि पालिकाले चाँडै नै धारणा बनाउने हुँदा उत्पादनले मात्र समृद्ध म्याग्दे बनाउन सकिने हुँदा असल कृषकलाई पालिकाले अनुदान दिने बताए ।