१५ कार्तिक २०८३, आइतबार

दोस्रो भूकम्पमा १ सय १० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Ghaite

काठमाडौं, ३१ वैशाख । देशका विभिन्न भागमा वैशाख २९ गते मंगलबार आएको दोस्रो विनाशकारी भूकम्पमा परी १ सय १० जनाको ज्यान गुमेको छ । भूकम्पमा परी २ हजार ६ सय ९ जना घाइते भएका छन् ।

प्रहरीले आज दिएको पछिल्लो तथ्याङकअनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ९२ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् ।

घाइते हुनेहरुमा उपत्यकामा १ हजार ५ सय ८५, पूर्व क्षेत्रमा १ सय १६, मध्य क्षेत्रमा ७ सय ९२, पश्चिम क्षेत्रमा १ सय ५ र मध्य पश्चिम क्षेत्रमा ११ जना रहेका छन् ।

मृतक ५८ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ । घाइतेमध्ये १७ सय जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ जनासमेत घाइते भएका छन् ।
भूकम्पमा परी ४७ जना वेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म १ हजार ८ सय ५५ पूर्णरुपमा र १ हजार ५४ आंशिकरुपमा गरी जम्मा २ हजार ९ सय ९ भौतिक संरचनामा क्षति पुगेको छ ।

यसैगरी देशका विभिन्न भागमा वैशाख १२ गते आएको पहिलो विनाशकारी भूकम्पमा परी हालसम्म ८ हजार १ सय ९९ जनाको ज्यान गुमेको छ । भूकम्पमा १७ हजार ८ सय ६७ जना घाइते भएका छन् ।