
काठमाडौं, ७ पुस । नेकपा (एमाले) केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज बालकोटमा बसेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
यतिबेला राष्ट्रपतिबाट आह्वान भए बमोजिम मुलुकमा नयाँ जनादेश अनुसार सरकार गठनका लागि राजनीतिक दलहरु गृहकार्यमा रहेको अवस्था छ ।
नेकपा (एमाले) गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७८ सीटमा विजय प्राप्त गरी संसदको दोस्रो ठूलो दलका रुपमा रहेको छ ।















प्रतिक्रिया