
काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरुको सपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन् ।
पहिलो प्रधानमन्त्री को बन्छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले त्यसबारेमा सल्लाह भइरहेको र अहिलै टुंगो नलागिसकेको बताए ।















प्रतिक्रिया