
काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रनिनिधि सभा सांसदहरुले सपथ लिएका छन् ।
बिहीबार दिउँसो संसद भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा सांसदहरुले सपथ लिएका हुन् ।
संसद भवनमा उपस्थित २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सपथ गराएका छन् । सपथ ग्रहणमा १७ जना सांसद अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।
















प्रतिक्रिया