१ कार्तिक २०८३, शनिबार

मेयर हर्क साम्पाङको निर्णयविरुद्व अदालतको फैसला

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको निर्णयविरुद्व उच्च अदालत विराटनगरले फैसला गरेको छ ।

वनमा साबुन उद्योग खोल्ने निर्णय गरेका साम्पाङको निर्णयविरुद्व सुनसरी जिल्ला वन कार्यालयका प्रमुख भीमबहादुर कालिकोटेले अदालतमा मुद्वा दायर गरेका थिए ।

अदालतले साम्पाङको कदम ‘प्रथम दृष्टिमै गैरकानुनी देखिएको’ ठहर गर्दै साबुन उद्योग निर्माण रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार ‘निवेदनको अन्तिम किनारा नलागेसम्म कुनै पनि काम अघि नबढाउन’ अन्तरिम आदेश दिएको हो ।