८ कार्तिक २०८३, आइतबार

प्रभु बैंक र सिप्रदीबीच टाटा मोटर्स इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ कर्जा दिने सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र सिप्रदीबीच सम्पन्न सम्झौता अनुसार सिप्रदीबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् ।

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।