
टोकियो, ७ पुस । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना संक्रमित थपिएका हुन् । गत बुधबारको तुलानामा १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा संक्रमितको संख्या दुई लाख पुगेको छ ।
राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् । गत साताको तुलनामा बुधबार राजधानीमा दुई हजार तीन सय ७४ जना संक्रमित फेला परेका हुन् । टोकियोमा लगातार बिरामी बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड–१९ का संक्रमित बढेका छन् । पछिल्लो महामारीका कारण बुधबार दुई सय ९६ जनाको मृत्यु भएको छ । सिन्ह्वा















प्रतिक्रिया