१ कार्तिक २०८३, शनिबार

टी-ट्वान्टी क्रिकेट लिगका लागि विराटनगर सुपर किंग्सको टीम घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सले टीम घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विराटनगरले १७ सदस्यीय टिम घोषणा गरेको हो । जसअनुसार विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्नेछन् भने रोहित पौडेललाई उपकप्तानीको जिम्मेवारी दिइएको छ ।

विराटनगरले प्रतियोगिताका लागि जर्सीसमेत सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।