१ कार्तिक २०८३, शनिबार

हराएका २५ वटा मोटरसाइकल ट्राफिक प्रहरीले सवारीधनीलाई बुझायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । काठमाडौंका विभिन्न ठाउँबाट हराएका २५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।

बुधबार विभिन्न मितिमा हराएका २५ वटा दुईपाङग्रे सवारी साधन खोजी गरि सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २० वटा मोटरसाइकल र ५ ओटा स्कुटर धनीलाई बुझाएको उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

उनका अनुसार यस आर्थिक वर्ष शुरु भए पश्चात् सवारी साधन हराएको भनि ७०१ निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए ।

प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २४८ वटा सवारी साधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जसमध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र मंसिरमा ३७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाईएको छ ।