१ कार्तिक २०८३, आइतबार

देवीनगरमा काठमाडौं महानगरले चलायो डोजर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरामा डोजर चलाएको छ ।

महानगरले यसअघि नै अनधिकृत रुपमा निर्माण भएका घरटहरा हटाउन सूचना जारी गरेको थियो । अटेर गरेर बसेका २० भन्दा बढी घरटहरा भत्काइने महानगरले जनाएको छ ।

महानगरले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचनाहरु भत्काउँदै आएको छ । यसअघि थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले महानगरप्रहरी माथि नै आक्रमण गरेका थिए ।

आक्रमणमा ४० जनाभन्दा धेरै महानगर प्रहरी घाइतेसमेत भएका थिए ।