५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितलाई अल शेख हस्पिटलको राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekha-hospital (3)

काठमाडौं, ३१ वैशाख । विनाशकारी भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकका पीडितलाई अल शेख हस्पिटलले राहत सामग्री सहयोग गरेको छ । कपिलवस्तुको लबनी-१मा रहेको हस्पिटलले सिन्धुपाल्चोकका फुलटिङ्ग डाडा वड़ा न १,२,३ का भूकम्प पीडितलाई राहत सामग्री बाँडेको हो ।

अल शेख हस्पिटलले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई १५० वटा त्रिपाल, १५० वटा ब्लाङकेट, १५० वटा म्याटर्स, १५ सय किलोग्राम चालम, १५० किलो दाल, १५० किलो नुन, १५० किलो खानेतेल, १५० वटा साबुन, १५० वटा टूथ ब्रस, १५० वटा टुथपेष्ट राहत रुवरुप सहयोग गरेको हो ।

भूकम्प पीडितलाई उक्त राहत सामग्री अल शैख हस्पिटलका म्यानेजिङ डाइरेक्टर तथा नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का संबिधानसभा उम्मेदवार अजीजुर रहिमान शेषले निजी बजेटमा राहत सहयोग गर्नुभएको हो ।

Shekha-hospital (2)Shekha-hospital (6) Shekha-hospital (5) Shekha-hospital (4) Shekha-hospital (1)